श्रीमती प्रेमीसँग भागेपछि दिनेशले २ छोराछोरीलाई मारेर आत्महत्या गरे

डिसी नेपाल
२३ मंसिर २०७६ १०:२०

काठमाडौं। श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध भएपछि परिवार बिग्रिएको घटना हामीले धेरै देखेका छौं । तर पछिल्लो समय श्रीमती प्रेमीसँग भाग्दा उनले छाडेर गएको बाँकी पूरै परिवार सखाप भएको घटना सार्वजनिक भएको छ । आज तकको समाचार अनुसार मुम्बइको चेम्बुरका एक युवकले श्रीमती अर्कैसँग भागेपछि आत्महत्या गरेका छन् । साना छोराछोरी छाडेर श्रीमती भागेपछि दुःखी ती युवकले दुवै सन्तानको हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् ।

मुतक चेम्बुर इलाकाको कस्तुरबा नगरमा बस्ने ३० वर्षका दिनेश यादव हुन् । उनका २ जना बच्चा थिए । एकको उमेर ३ वर्ष र अर्काको उमेर १ वर्ष भएको बताइएको छ । छिमेकीले बताएअनुसार आइतबार बिहान दिनेशका भाइ आएर ढोका ढक्ढक्याउँदा ढोका कसैले खोलेन । त्यसपछि उनले छिमेकीसँग मिलेर ढोका फुटाएर हेर्दा भित्र तीनैजना मृत अवस्थामा थिए । दिनेश छतको पंखामा झुण्डिरहेका थिए । तल दुवै बच्चाहरु पनि मृत अवस्थामा थिए ।

उनीहरुले तत्कालै पुलिसलाई सूचना दिए । पुलिसले उनीहरुलाई अस्पताल लिएर गएकोमा डाक्टरले तीनैजनालाई मृत घोषित गरिदिए । त्यसपछि शवलाई पोस्टमार्टमका लागि पठाइयो । पुलिसका अनुसार दिनेशले झुण्डिएर आत्महत्या गरेका हुन् । उनका २ सन्तानको मृत्यु कसरी भयो भन्ने पोष्टमार्टमपछि मात्र प्रस्ट हुनेछ ।

पुलिसको अनुसन्धानमा थाहा भएअनुसार दिनेशकी पत्नी यसअघि पनि २ पटक प्रेमीसँग भागिसकेकी थिइन् । पहिले दिनेशले भागेकी श्रीमतीलाई घर फर्काएर ल्याएका थिए । तर, शनिबार उनी कतिबेला घर छाडेर भागिन् भन्ने थाहै भएन । छिमेकीका अनुसार श्रीमती भागेपछि दिनेश निकै दुखी थिए । पुलिसले घटनाका विषयमा थप अनुसन्धानको लागि दिनेशकी पत्नीको खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *