लाेकतन्त्र काे रक्षा अब राजपाले गर्छ : राज्यमन्त्री मण्डल
सिराहा। प्रदेश नम्बर दुई का सिरहा ४ ख का सांसद तथा उद्याेग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मधेस र मधेसीकाे अधिकारका लागि लडने पार्टी राजपामात्रै भएकाे दाबी गरेका छन्। राज्य मन्त्री मण्डलले मधेशकाे विकास गर्न कुनै कसर बाँकी नराख्ने जिकिर गर्दै मधसकाे समस्याकाे समाधान राजपाले मात्रै गर्न सक्ने दाबी गरेका छन्।
शनिबार सिराहा कल्याणकपुर नगरअधिवेशनकाे उद्घाटन गर्दै मण्डलले भने- नेपालमा लाेकतन्त्रकाे लागि लड्ने पार्ट राजपा हाे। त्यसैले राजपाले मात्रै लाेकतन्त्रकाे रक्षा गर्छ।’ सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकामा प्रथम नगर अधिवेशनले रामबाबु यादबकाे अध्यक्षमा ७१ जनाकाे कमिटी चयन गरेकाे छ।
कल्याणपुुर जब्दिकाे बजारमा कायर्यक्रममा १२ वटै वडाबाट ठूलाे संख्यामा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे।कार्यक्रममा प्रमुख अतिथि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशाेर यादबले मधेशकाे अधिकार का लागि लडिरहेकाे बताए।
Facebook Comment