आज सबै देशको भाउ घट्यो

डिसी नेपाल
२५ मंसिर २०७६ ६:१४

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ७५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *