चीनको उपभोग मूल्य गत बर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि

डिसी नेपाल
२५ मंसिर २०७६ ६:३८

बेइजिङ । नोभेम्बरमा चिनियाँ नागरिकहरूको उपभोग मूल्य अर्थात् सीपीआई गत बर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि भएको छ।

चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार खाद्यपदार्थको मूल्य १९.१५ प्रतिशतले वृद्धि भएको छ।

साथै अरू सामानको मूल्य १५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

गत बर्षको नोभेम्बरको तुलनामा चीनमा उपभोग्य सामानहरूको मूल्य ६.५५ प्रतिशत र सेवाको मूल्य १.२५ प्रतिशतले वृद्धि भएको छ।

विशेष गरी गत बर्षको मूल्यको तुलनामा सुङ्गुरको मासुको मूल्य दुई गुणाले वृद्धि भएको छ र फलको मूल्य घटेको जनाइएको छ।

चीनका राज्य परिषदको परामर्श विभागका विज्ञ याउ चीङ युआन तथा चाङ लि छ्युनले यस बर्ष सी पि आईको विकास स्थिर हुने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *