पर्वतीय पर्यटनको जानकारी गराउन छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस मनाइयो

डिसी नेपाल
२५ मंसिर २०७६ १३:०४

काठमाडौं। पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ।

नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरदेखि ठमेल, केशरमहल हुँदै जयनेपाल स्थित संघको कार्यालयसम्म र्याली निकाली ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो।

संघका अध्यक्ष शन्तबीर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताए। उनले हिमालदेखि तराई सम्म एक हौं र हाम्रो संस्कृति हाम्रो हिमाल भन्ने चिनाउनका लागि पनि र्याली महत्वपूर्ण हुने बताए।

नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन्।

त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *