आज एकै दिन ४०० रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बिहीबार) भने ४ सय रुपैयाँ बढेको छ।
आईतबार सुन प्रतितोला ५ सय, सोमबार र मंगलबार २–२ सय तथा बुधबार स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७१ हजार २ सय तथा तेजावी सुनको भाउ ७० हजार ९ सय रुपैयाँ तोकेको छ।
बुधबार सुन प्रतितोला रु ७० हजार ८ सय तथा तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ रहेको थियो ।
आज बजारमा चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । यो बुधबारको तुलनामा १० रुपैयाँ महँगो हो ।
प्रतिक्रिया
Facebook Comment