माउरिन्होले रोनाल्डोलाई यूनाइटेड आउन नदिएको खुलासा
एजेन्सी । म्यानचेस्टर यूनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डोलाई क्लबमा अनुबन्ध हुन नदिएको खुलासा भएको छ।
अंग्रेजी अखबार मिररका अनुसार रोनाल्डोले यसै सिजनमा रियल म्याड्रिड छाड्ने सोच बनाएपछि म्यानचेस्टर यूनाइडेका मालिकहरुले रोनाल्डोलाई अनुबन्ध गर्न चाहेका थिए।
तर, प्रशिक्षक माउरिन्होले मालिकहरुलाई रोनाल्डो नल्याउने सुझाव दिएका थिए। प्रशिक्षकको सुझाव मान्दै मालिकहरु रोनाल्डोको प्रस्ताव गर्न पछि हटेपछि यूभेन्ट्सले रोनाल्डोलाई भित्र्याएको थियो।
मालिहरुले रोनाल्डोका लागि ९० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको अखबारले जनाएको छ। यस्तै उनलाई हप्तामा पाँच लाख पाउन्ड तलब दिने पहिलो चरणको छलफल भएको थियो।
तर, माउरिन्होले रोनाल्डोलाई नचाहेपछि उनी यूभेन्ट्ससँग ९० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए।
माउरिन्होले उनको स्थानमा टोबी एल्डरवाइर्ड र ह्यारी म्यागुरोलाई ल्याउने तयारी गरेका थिए तर मालिकहरुले उनको प्रस्तावलाई वास्ता नगरेपछि उनीहरुबीचको सम्बन्धमा असर पुगेको थियो।
Facebook Comment