मलेशियामा नेपाली श्रमिकबारे सरकार र निजी क्षेत्रबीच विवाद
काठमाडौं। नेपाल र मलेशियाबीच श्रमिकले बहन गर्ने लागत शून्य बनाउँदै नेपाली कामदार मलेशिया पठाउने श्रम समझादारी भएको छ।
यसै समझदारी अनुरुप नेपाली श्रमिक ल्याउँदा रोजगार दाताले लागत बढेको भन्दै मलेशिया सरकारसँग यो विषयमा पुनःविचार गर्न भनेका छन्। मलेशियन पत्रिका द स्टारको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार मलेशिया रोजगार संगठनका अध्यक्ष दातुक फू योंग हूईले नेपालसँग भएको श्रम समझदारीका कारण लागत बढेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रमिकलाई सेवा सुविधान दिनुपर्ने भए पनि मलेशिया त्यति विकसित भइनसकेको बताएका छन्।
नेपाली श्रमिकको स्वास्थ्य जाँच, विदेशी कामदार व्यवस्थापन शुल्क, भिजा शुल्क र प्लेन भाडा रोजगारले व्यहोर्नु पर्ने समझदारी भएको छ। यसअघि यो खर्च श्रमिक स्वयमले बेहोर्नु पथ्र्यो।
यस्तो सम्झौताका कारण नेपाली श्रमिकको लागत ६ हजार ३ सय देखि ७ हजार ९ सय आरएमसम्म पर्छ। यो खर्च रोजगार दाताले व्यहोर्नुपर्ने मलेशियाली मानव संशाधन मन्त्री एम. कुलसेगरन नेपाल र मलेशियाबीच भएको श्रम समझादारीअनुसार नै नेपाली श्रमिक भर्ती गर्नुपर्ने बताएका छन्।
यता नेपालमा भने मलेशियासँग शून्य लागतमा श्रमिक पठाउने सम्झौता भए पनि त्यसको कार्यान्वयनमा समस्या छ। यहाँका म्यान पावर व्यसायीले मलेशिया जाने कामदारसँग अवैध रकम असुल्न छोडेका छैनन्। उनीहरु सेवा शुल्क नलिएर मलेशिया कामदार पठाउन नसक्ने तर्क गर्छन्। साथै मलेशियासँग भएको श्रम समझादारी कार्यान्वयन गर्न कठिन भएको बताउने गर्छन्।
Facebook Comment