निर्भया काण्डः राष्ट्रपतिले कुनै विचार गरिरहेका छैनन्, तिहाड जेलमा हुँदैछ ऐतिहासिक घटना

डिसी नेपाल
२७ मंसिर २०७६ १२:२०

एजेन्सी। निर्भया काण्डका दोषी विनय शर्माको दया याचिकाका विषयमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले कुनै विचार नगरेको भारतीय मिडिया दैनिक भास्करले दावी गरेको छ । सूत्रको हवाला दिँदै लेखिएको समाचारमा विनयले दया याचिका फिर्ता मागेपछि राष्ट्रपतिले कुनै विचार नगर्ने निर्णय गरेका हुन् । अब कुनै पनि दोषीको दया याचिका राष्ट्रपतिकहाँ नअड्किएको समाचारमा उल्लेख छ ।

तिहाड जेल प्रशासनको सूचनापछि विनयले ७ नोभेम्बरमा दया याचिका पेश गरेका थिए । दिल्ली सरकार र केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष यसलाई खारेज गर्न सिफारिस गरेका थिए । त्यसपछि विनयले राष्ट्रपतिलाई पत्र लेख्दै दया याचिका आफूले दायर नगरेको भन्दै फिर्ता मागेका थिए । तीन अन्य दोषीहरु मुकेश, पवन र अक्षयले राष्ट्रपतिसमक्ष दया नै मागेनन् ।

अक्षयले सर्वोच्च अदालतमा पुनर्विचारको आवेदन दिएका थिए जसलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ । यो आवेदनमाथि १७ डिसेम्बरमा सुनुवाइ हुँदैछ । विधि विशेषज्ञहरुका अनुसार मुकेश, विनय र पवनलाई छुट्टाछुट्टै फाँसी दिन कुनै बाधा छैन । तिहाड जेलका डिजी संदीप गोयलका अनुसार चारैजनालाई एकसाथ फाँसी दिइनेछ । तिहाड जेलमा अहिलेसम्म ४ जनालाई एकैपटह फाँसी दिइएको छेन । अहिले यहाँ पहिलो पटक चार जनालाई एकैपटक फाँसी दिने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतका वकिल विराग गुप्ताका अनुसार तीन दोषीहरुलाई छुट्टाछुट्टै फाँसी दिन कुनै बाधा छैन । जेल प्रकासनले यस्तो गर्न सक्छ । राष्ट्रपतिकहाँ कुनै पनि दया याचिका लम्बित छैन । अक्षयको पुनर्विचार याचिका खारेज भएपछि उनलाई फाँसी दिन सकिन्छ । याचिकामाथि अन्तरिम आदेश वा स्टेबिना त्यसको कुनै महत्व छैन । अपराधीहरु बच्नको लागि यस्ता उपाय अपनाउँछन् । सरकार यसलाई मान्न बाध्य छैन ।

पूर्व डिजीपी अभयानन्दका अनुसार फाँसीसँग सम्बनिधत विषयमा गृह मन्त्रालयले ४ फेब्रुअरी २०१४ मा सर्कुलर जारी गरेको थियो । निर्भयाका तीन दोषीको हकमा सर्कुलरका सबै शर्त पूरा भइसकेका छन् । दया याचिका खारेज भएको १४ दिनपछि फाँसी दिन सकिन्छ । उपराज्यपालले विनयको दया याचिका १ डिसेम्बरमा खारेज गरेका थिए । अब १५ डिसेम्बरपछि तीनैजनालाई फाँसीमा झुण्ड्याउन सकिन्छ ।

आतंकवादी अफजल गुरुलाई फाँसी दिँदा उपस्थित रहेका तिहाड जेलका एक डिएसपीलाई निर्भयाका दोषीको फाँसीको तयारीको जिम्मा दिइएको छ । चारैजना दोषी आज शुक्रबार भिडियो कन्फ्रेन्सका माध्यमबाट पटियाला हाउस अदालतमा पेश हुनेछन् । निर्भयाकी आमाले यिनीहरुलाई दिइएको फाँसीको सजाय छिटो कार्यान्वयन गर्न अदालतसँग माग गरेकी छिन् । यस विषयमा जेल प्रशासन आजै अदालतलाई रिपोर्ट पेश गर्नेछ ।

रिपोर्टमा विनयले दया याचिका र अक्षयले पुनर्विचार याचिका पेश गरेको तथा मुकेश र पवनको कुनै केस लम्बित नभएको उल्लेख गरिनेछ । उत्तर प्रदेश सरकारले माग भएमा एक दिनभित्र जल्लाद पठाउन सहमति दिइसकेको छ । गृह मन्त्रालयले जेल प्रशासनलाई चारै जना दोषीलाई फाँसी दिने पूरै तयारी गर्न निर्देशन दिएको छ । मदालतले मन्जुरी दिनााथ जेल स्तरमा फाँसी दिन ढिलाइ नहोस् भनेर यस्तो निर्देशन दिइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *