कस्तो हुन्छ फाँसी कोठी ? जहाँ कैदीले मृत्युदण्ड अगाडिको अन्तिम घण्टा बिताउँछन्

डिसी नेपाल
२८ मंसिर २०७६ १०:११

एजेन्सी। दोषीलाई मृत्युदण्डको सजाय दिने मिति जारी हुनासाथ उसलाई फाँसी कोठीमा सारिन्छ । त्यसपछि कैदीलाई फाँसी दिने प्रक्रिया सुरु हुन्छ । फाँसी कोठीको बारेमा धेरै कम मानिसहरुलाई मात्र थाहा हुन्छ । फाँसी कोठी एउटा सानो कोठा हुन्छ जहाँ एक कम्बल, पिउने पानी र चारैतिर घना अँध्यारो हुन्छ । यही कोठालाई फाँसी कोठी भनिन्छ । मृत्युदण्डको मिति तोकिएपछि कैदीलाई यहाँ राखिन्छ । जब कैदीलाई फाँसी कोठीमा राखिन्छ त्यतिबेला सुरक्षाकर्मीका अलावा अरु कोही पनि त्यहाँ हुँदैन ।

अंग्रेजको जमानामा नै तिहाड जेलको नक्साका फाँसी कोठीको पनि नक्सा बनाइएको थियो । यही नक्साको हिसाबले अन्य जेलमा पनि फाँसी कोठी बनाइएको छ । यो फाँसी कोठी तिहाड जेलमा जेल नम्बर ३ मा कैदीहरुको ब्यारेकभन्दा धेरै पर सुनसान ठाउँमा बनाइएको छ । जेलमा के गतिविधि चलिरहेको छ यसको बारेमा फाँसी कोठीमा बसिरहेका कैदी र त्यहाँका सुरक्षाकर्मीलाई कुनै जानकारी हुँदैन ।

फाँसी कोठीमा जानुभन्दा पहिले मृत्युदण्डको सजाय पाएका कैदीलाई डेथ सेलमा राखिन्छ । डेथ सेल फाँसी कोठीजस्तै देखिने कोठा हो । जब दोषीको मृत्युदण्डको सजाय अदालतबाट फैसला हुन्छ उसलाई डेथ सेलमा सारिन्छ । जब फाँसीको मिति तोकिन्छ र फाँसी दिने प्रक्रिया सुरु हुन्छ त्यसपछि डेथ सेलमा राखिएका कैदीलाई फाँसी कोठीमा सारिन्छ ।

फाँसी कोठी र डेथ सेल आम जेलजस्तो हुँदैनन् । यी ठाउँ यति खतरनाक हुन्छन् कि कैदीलाई त्यहाँ जानासाथ मृत्युको आभास हुन थाल्छ । यो भन्नु गलत हुँदैन कि यी कोठाहरु कुनै मृत्युको खाडल भन्दा कम हुँदैनन् । तिहाड जेलमा तीन नम्बरमा जुन भवनमा फाँसी कोठी छ त्यही भवनमा कूल १६ डेथ सेल छन् । डेथ सेलमा कैदीलाई एक्लै राखिन्छ । उसको साथमा अरु कोहीलाई राख्ने अनुमति छैन । फाँसी हुनुभन्दा अगाडिको २४ घण्टामा केवल आधा घण्टा उसलाई बाहिर निकालिन्छ ।

तपाइँलाई यो जान्दा आश्चर्य हुन सक्छ कि जहाँ कैदीलाई फाँसी दिनुभन्दा पहिले राखिन्छ त्यहाँको सुरक्षा जेल प्रशासनले गर्दैन । फाँसी कोठी र डेथ सेलको पहरेदारी तमिलनाडुको विशेष पुलिसले गर्छ । दुई–दुई घण्टाको शिफ्टमा यिनीहरुको काम केवल मृत्युदण्ड पाएका कैदीमा नजर राख्नु हुन्छ । डेथ सेल र फाँसी कोठीमा राखिएका कैदीलाई कुनै पनि यस्ता कपडा लगाउन दिइँदैन जसबाट उसले आफूलाई नोक्सान पुर्याउन सकोस् । डेथ सेलको कैदीलाई अरु कुरा त परै जाओस् सुरुवालको तुना समेत लगाउन दिइँदैन ।

जेल म्यानुअलका अनुसार कुनै पनि कैदीलाई फाँसी दिने क्रममा केही अहम कुराहरु ख्याल गरिन्छ । जसमा कैदीको स्वास्थ्य, उसलाई छुट्टै राख्ने जस्ता धेरै कुराहरु ख्याल गरिन्छ । जुन समय कैदीलाई फाँसी दिइन्छ त्यतिबेला जेलको हरेक काम रोकिन्छ । हरेक कैदी आफ्नो सेल र ब्यारेकमा हुन्छन् । यहाँसम्म कि जेलमा कुनै किसिमको गतिविधि हुँदेन । निर्भया काण्डका चारै दोषी ७ वर्षदेखि जेलमा छन् । यही १८ डिसेम्बरमा उनीहरुलाई फाँसी दिइने अपेक्षा गरिएको छ ।

उनीहरुलाई फाँसी दिनको लागि जल्लादको खोजी भइरहेको छ । उत्तर प्रदेश सरकारले माग भएका दुई जल्लाद पठाउने बताइसकेको छ । यसअघि भारतमा भएका तीन फाँसी भने बिना जल्लाद दिइएका थिए । कसाब, अफजल गुरु र याकुब मेननलाई फाँसी दिँदा पेशेवर जल्लाद बिना फाँसी दिइएको थियो । तीनवटै फाँसीमा पुलिसकर्मीले लिभर तानेका थिए ।




प्रतिक्रिया

One thought on “कस्तो हुन्छ फाँसी कोठी ? जहाँ कैदीले मृत्युदण्ड अगाडिको अन्तिम घण्टा बिताउँछन्

  1. भारत :- ” निर्भया काण्डका चारै दोषी जेलमा छन् । यही १८ डिसेम्बरमा उनीहरुलाई फाँसी दिइने छ । तर अपराधी हरुले , गीता र पुराण को कुरो निकालेर , बचने अपील गरे जस्तो गरेका छान। ” ::::::::::: :- :- :- अर्कालाई बलात्कार र हत्त्या गर्दा ,गीता र पुराण को कुरो निकलेन , तर आफ्नो लागि त्यस्तो कुराले छेक्दैन , रोक्दैना। :- :- :- आज मेरो मान्छे भन्दै अधिकार खोजने ले , हिजो किन बलात्कार गरेर मारदा , जलाउँदा , के हेरेको थिईस ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *