स्थगित भयो नेकपा सचिवालय बैठक

डिसी नेपाल
२८ मंसिर २०७६ १५:५९

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ।

शुक्रबार स्थगित भएको नेकपाको बैठक शनिबार दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको थियो। तर, शनिबार पनि बैठक बस्न सकेन।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार ९ बजे धुम्बाराहीमा बैठक बस्ने जानकारी दिए। उनले आइतबार नै पार्टी स्थायी कमिटीको बैठक पनि बस्ने बताए। तर, शनिबारको सचिवालय बैठक स्थगित हुनुको कारणबारे भने उनले कुनै जानकारी दिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *