सरकारी पदको चरम दुरुपयोगः हत्यारा बलात्कारीसहित ४२८ अपराधीलाई माफी दिएर राजीनामा

डिसी नेपाल
२८ मंसिर २०७६ १६:०३

काठमाडौं। एक सरकारी अधिकारीले सरकारी पदको चरम दुरुपयोग गरेर पदबाट राजीनामा दिएको पाइएको छ । राज्यको गभर्नर पदमा रहेका यी व्यक्तिले हत्या, बलात्कारसहित विभिन्न अपराधका ४ सय २८ आरोपीलाई माफी दिएर राजीनामा दिएका छन् ।

यो घटना अमेरिकाको केन्टकी राज्यको हो । केन्टकीका पूर्व गभर्नर म्याट बेविनले पद छाड्ने अन्तिम समयमा ठूलो संख्यामा आरोपीहरुलाई माफी दिएका थिए । उनले माफी दिएकाहरु हत्या र बलात्कारजस्ता जघन्य अपराधका आरोपी थिए ।

अमेरिकी समाचार संस्था सिएनएनको रिपोर्ट अनुसार गभर्नरले हत्याको लागि दोषी ठहर गरिएका ती आरोपीलाई पनि माफी दिए जसका भाइले रिपब्लिकन पार्टीको लागि पैसा जम्मा गरिदिएका थिए । गत महिना मात्र रिपब्लिकन पार्टीका गभर्नर म्याट बोविनले डेमोक्रेटिक पार्टीका एण्डि बेसिअरसँग चुनाव हारेका थिए ।

५ नोभेम्बरमा अमेरिकाको केन्टकीमा गभर्नरको लागि चुनाव भएको थियो । तत्कालीन गभर्नर बोविनले दोस्रो कार्यकालको लागि चुनाव लडेकोमा चुनावमा हारेपछि यही महिना पदबाट राजीनामा दिएका थिए ।

रिपोर्टका अनुसार उनले ९ वर्षकी बालिकालाई बलात्कार गर्ने दोषीलाई पनि माफी दिएका थिए । हत्याको एउटा घटनामा पेट्रिक ब्रिआन बेकरलाई दोषी ठहर गरिसकिएको थियो । उनलाई १९ वर्षको जेल जाय सुनाइएको थियो र उनी जेलमा बसेको २ वर्ष मात्र भएको थियो । गभर्नरले उनलाई पनि माफी दिए ।

बेकरको परिवारले गत वर्ष गभर्नर बेविनको चुनावी अभियानको लागि २५ लाखभन्दा धेरै जम्मा गरेका थिए । गभर्नरले भने बेकरविरुद्ध बलियो प्रमाण नभएकोले सजाय माफ गरेको दावी गरेका छन् । तर, न्यायाधीश डेभिड विलियम्सले भने यो कुरामा अहसमति जनाएका छन् । न्ययाधीशले आफ्नो ३० वर्षको करिअरमा योजति बलियो केस नदेखेको बताएका छन् । उनका अनुसार आरोपीविरुद्ध धेरै प्रमाण थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *