ए डिभिजन लीग : उद्घाटन खेलमा मछिन्द्रको सहज जित
काठमाडौं। शनिबार शुरु भएको ए डिभिजन फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले उद्घाटन खेलमा सहज जित हात पारेको छ। स्टार खेलाडीले भरिएको मछिन्द्रले अनिल गुरुङको कप्तानीमा रहेको बिग्रेड ब्वाइज क्लब (बीबीसी)लाई २–० गोल अन्तरले पराजित गरेको हो।
अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा राष्ट्रिय टिमका पूर्वकप्तान रहिसेका विराज महर्जनसहितको स्टार खेलाडीले भरिएको मछिन्द्र क्लबले अर्का पूर्व कप्तान अनिल गुरुङको ब्रिगेड ब्वाइज क्लबलाई हराएको हो।
अखिल नेपाल फुटबल संघले उद्घाटन खेल दशरथ रंगशालामा खेलाउने भने पनि शुक्रबार परेको पानील मैदान हिलो भएपछि खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो।
शनिबार भएको खेलमा मच्छिन्द्रका लागि ३० औं मिनेटमा योगेश गुरुङ गोल गरेका थिए। यस्तै मच्छिन्द्रका दीपक राईले ५० औं मिनेटमा गोल गर्दाै टिमलाई २–० को अग्रतामा पु¥याए। मच्छिन्द्रले खेल पहिलो हाफबाटै आक्रमक खेलेको थियो।
१९ औं मिनेटमा रन्जित धिमालले फ्रि–किकमार्फत प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो। दोस्रो हाफमा पनि अभिषेक रिजालको हेडिङमार्फत प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। पटक–पटक अवसर बनाए पनि ब्रिगेड ब्वाइज भने गोल गर्न चुकेको थियो। ७६ औं मिनेटमा ब्रिगेड ब्वाइजले खाली पोस्टको अवसरसमेत सदुपयोग गर्न सकेन। दुई गोल गरेपछि रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा ब्रिगेडलाई रोक्न निकै मेहनत गर्नुपरेको थियो।
यसैबीच, एन्फाले आइतबारको लागि तय गरेको दुवै खेल स्थगित गरेको छ। आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तालिका थियो।
आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले जापानी फुटबल लिग यू–२२ टिमसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएकाले दुवै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघले बताएको छ।
Facebook Comment