सचिन त्यसै महान भएका होइनन्
काठमाडौं। क्रिकेटमा महानहस्ती सचिन तेन्दुलकरले शनिबार सामाजिक संजालमा एउटा भिडियो शेयर गरेका छन्। भिडियोमा सचिनले पाँच वर्ष पहिला चेन्नईमा एक होटल कर्मचारीसँग भएको सम्झना योग्य भेटघाटका विषयमा उल्लेख गरेका छन्। र ती होटलका कर्मचारीलाई खोज्न सहयोग माग गरेका छन्।
सचिनका अनुसार ती वेटरका सुझावका आधारमा सचिन आफ्ना आर्मगार्डलाई रीडिजाइन गर्न तयार भएका थिए। वेटरले सचिनलाई भनेका थिए–जब तपाईँ आमगार्ड लगाएर ब्याटिङ गर्नु हुन्छ, तब तपाइँको व्याटको स्विंग थोरै परिवर्तन हुन्छ।’
A chance encounter can be memorable!
I had met a staffer at Taj Coromandel, Chennai during a Test series with whom I had a discussion about my elbow guard, after which I redesigned it.
I wonder where he is now & wish to catch up with him.Hey netizens, can you help me find him? pic.twitter.com/BhRanrN5cm
— Sachin Tendulkar (@sachin_rt) December 14, 2019
सचिनले आफ्नो ट्विटरबाट उक्त भिडियो शेयर गर्दै लेखेका छन्–एक टेस्ट सीरिजका क्रममा चेन्नईको राज कोरोमण्डल होटलका एक जना कर्मचारीसँग मेरो भेट भयो। उनीसँग कोहनी गार्डका विषयमा भएको चर्चापछि मैल आर्मगार्डलाई फेरि रीडिजाइन गरेको थिएँ। मलाइ थाहा छैन, अहिले उनी कहाँ छन्, तर म फेरि उनीसँग भेट गर्न चाहन्छु। समाजिक संजाल प्रयोगकर्ता के तपाईँहरु उनलाई खोज्न सहयोग गर्न सक्नुहुन्छ?’
भिडियोमा यो घटनाका विषयमा बताउँदै सचिनले भने–केही वर्ष पहिला एक श्रृंखलाका क्रममा म चेन्नईको एक होटलमा बसेको थिए। तब त्यहाँ एक जना वेटर मेरा लागि कफी लिएर आए। उनले मसँग क्रिकेटका विषयमा केही बोल्ने अनुमति मागे। उनले म जहिले पनि तपाइँको आर्मगार्ड (एलबो गार्ड) लगाएर खेलेको देख्छु, तब म के देख्छु भने तपाइँको ब्याटको स्विंग हुने तरिका परिवर्तन हुन्छ।’ सचिनका अनुसार ती वेटरले भनेको कुरा उनलाई पहिला नै थाहा थियो।
Facebook Comment