नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मस्कटमा अन्तरक्रिया

डिसी नेपाल
२९ मंसिर २०७६ १२:१६

मस्कट । ओमनको राजधानी मस्कटमा नेपाल भ्रमण वर्षको सचिवालय र  नेपाली राजदूतावासको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई  सफल बनाउने विषयमा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू, बुद्धिजीवीलगायत अन्य सरोकारवालाहरुकाबीच अन्तरक्रिया भएको छ ।

गएको शुक्रबार अल–फलाज होटल मस्कटमा सम्पन्न उक्त  अन्तरक्रियामा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका उपसचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य , उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुतीकरण दिएका थिए।

त्यस्तै ओमनस्थित  नेपाली दूतवासकी राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरू मेटाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ओमनमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहने प्रतिबद्धता जनाएकी थिइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उद्देश्य लिएकोले यसको अधिकतम प्रचार प्रसार गर्न सबैलाई हातेमालो गर्न आव्हान गरेका थिए । उनले सकारात्मक सन्देश जाने काम र सूचना प्रवाहगरी भ्रमण वर्षलाई सफल बनाउन अनुरोधसमेत गरे।

कार्यक्रममा सहभागी ओमनमा क्रियाशील रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरूलगायत ‌ओमानस्थित नेपालीहरू गरी करिब १०० जनाको उपस्थिति रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *