प्रधानमन्त्रीकाे अनुपस्थितिमा नेकपा स्थायी कमिटी बैठक सुरु

डिसी नेपाल
२९ मंसिर २०७६ १४:१३

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन्।

अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित् छन्। आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उक्त प्रस्तावबारे विहान बसेको सचिवालय बैठकमा समेत छलफल भएको थियो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको थियो।

केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुनेछ।  नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *