पिपिएलः उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन्स विजयी

डिसी नेपाल
२९ मंसिर २०७६ १५:२६

काठमाडौं। पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन्स विजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टन्सले काठमाडौं गोल्डेन्स वारियरलाई ९ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको ११६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमै १ विकेटको क्षतिमा भेट्टाएको हो।

पोखराका लागि कुशल भुर्तेलले ४३ बलमा नटआउट ६५ रन बनाए । यस क्रममा उनले ५ छक्का र ४ चौका प्रहार गरे । रवि इन्दर सिंहले ३२ बलमा नटआउट ३८ रन बनाए । उनले १ छक्का र ५ चौका प्रहार गरे । आसिफ शेखले १४ रन बनाए । काठमाडौंका लागि सुसन भारीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्स वारियर्सले निर्धारित २० ओभरमा ८ ओभरको क्षतिमा ११५ रन मात्र बनाउन सकेको थियो । काठमाडौंका लागि सुबोथ भाटीले ४५ रन बनाए । उनले २९ बल खेल्दा ४ चौका र ४ छक्का प्रहार गरे । गौरव तामरले १३ र सुसन भारीले १० रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरोअंकमा स्कोर गर्न सकेनन् । पोखराका लागि ललित राजवंशी, राशिद खान र कुशल मल्लले समान २–२ विकेट लिए । प्रथमेश दाके र सरबजीत लद्दाले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *