भारतमाथि वेष्ट इण्डिजको धमाकेदार जित, २ क्यारेबियन ब्याट्सम्यानले बनाए शतक
नयाँ दिल्ली (एजेन्सी) भारत विरुद्धको पहिलो एकदिवसिय क्रिकेटमा वेष्ट इन्डिजले शानदार जित हात पारेको छ।
आइतबार चेन्नईमा भएको डे-नाइट खेलमा वेष्ट इन्डिजले भारतलाई ८ विकेटले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो। भारतका लागि ऋषभ पन्तले एकदिवसिय क्रिकेटको पहिलो अर्धसतक बनाए भने श्रेयस ऐयरले ७० रनको योगदान गरे। पन्तले ७१ रनको पारी खेले।
जसमा उनले ६९बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै केदार जादभले ४० तथा रोहित शर्माले ३६ रनको योगदान दिए। रविन्द्र जडेजाको ब्याटबाट २१ रन निस्कियो।
जवाफी ब्याटिंग गरेको वेष्ट इन्डिजले पहिलो विकेट सस्तैमा गुमाए पनि सिमरन हेटमेयरले शानदार शतक बनाएपछि खेलमा वेष्ट इण्डिज हावी रह्यो। साई होपले पनि नटआउट शतक बनाउँदै वेष्ट इण्डिजको जित निश्चित गरे। निकोलस पुरनले चौका प्रहार गर्दै टिमलाई जित दिलाएका थिए।
सुरुआत राम्रो गर्न नसकेको वेष्ट इन्डिजका लागि होप र हिटमेयरले दोस्रो विकेटका लागि कीर्तिमानी दोहोरो शतकीय साझेदारी गरे। उनले दोस्रो विकेटका लागि दुई सय १८ रनको साझेदारी गरे।
जसमा हिटमेयरले एक सय ३९ रन बनाए । उनले एक सय ६ बलमा ११ चौका र सात छक्का प्रहार गरे । यस्तै होपले एक सय एक रन बनाए। २ खेलको श्रृंखलामा वेष्ट इण्डिजले बढत बनाएको छ। दोस्रो खेल विशाखापट्टनममा आगामी डिसेम्बर १८ मा हुनेछ।
Facebook Comment