आज यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । आज (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ५९ पैसा र बिक्रिदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ५६ पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ३४ पैसा रहेको छ।
Facebook Comment