ऋणमा डुबेर आत्तिएका गरिबलाई प्याजले एक झट्कामा करोडपति बनाइदिएपछि….
काठमाडौं। प्याजको मूल्य आकाशिएको छ । यसका कारण लाखौं उपभोक्ता पीडित छन् । नेपालमा मात्र होइन छिमेकी देश भारत र बंगलादेशमा पनि प्याजको मूल्य आकाशिएको छ । त्यहाँ करोडौंको संख्यामा उपभोक्ताहरु यसबाट पीडित छन् । तर, भारतमै ऋणमा डुबेका ४२ वर्षका मल्लिकार्जुनलाई भने प्याजले करोडपति बनाइदिएको छ ।
टाइम्स अफ इण्डियाको समाचार अनुसार कर्नाटकका यी किसानलाई प्याजको बढेको मूल्यले ठूलो फाइदा भएको छ । खेती गर्ने क्रममा ऋण लिएका मल्लिकार्जुन उत्पादनले राम्रो मूल्य नपाएपछि ऋणमा डुबेका थिए । ऋणमा डुबे पनि उनको हिम्मत भने कम भएको थिएन । पछिल्लो समय उनले ऋण लिएर १५ लाख रुपैयाँ लगानी गरेर प्याजको खेती गरेका थिए । उनले यो प्याज राम्रो उत्पादन भएमा र उत्पादनले राम्रो बजार मूल्य पाएमा ५–१० लाख मुनाफा हुने र त्यसबाट आफ्नो ऋण तिर्ने आशा गरेका थिए ।
मल्लिकार्जुनको प्याज खेती जब स्याहार्नको लागि तयार हुनै लागेको थियो त्यही बेला बजारमा प्याजको मूल्य बढ्न थाल्यो । उनको प्याज तयार हुँदा प्याजको मूल्यले पनि आकाश छोयो । उनले गरेको प्याज खेती पनि राम्रो भयो र उत्पादन पनि अपेक्षा गरेभन्दा धेरै भयो । उनले प्याजको मूल्य आकाशिएको बेला प्याज बेच्न पाए । खेती लगाउँदा ५–१० लाख नाफा हुने आशा गरेका मल्लिकार्जुनको खेतमा २४० टन प्याज उत्पादन भयो जसलाई बजारमा बेच्दा उनलाई करोडौं मुनाफा भयो ।
मल्लिकार्जुनले प्याज खेतीको लागि १५ लाख लगानी गरेका थिए । तर प्याजको बढेकोम ूल्यले उनलाई कैयौं गुणा मुनाफा दियो । उनले १० एकडमा प्याजको खेती गरेका थि । अहिलेको मुनाफाबाट उत्साहित उनले थप १० एकड जमिन खेतीका लागि भाडामा लिएका छन् । साथमा उनले ५० जना मजदुरलाई समेत काममा राखेका छन् । मल्लिकार्जुनले २००४ देखि वर्षाको मौसममा प्याज खेती गर्दै आएका छन् । अहिले मल्लिकार्जुन र उनको परिवारले प्याज चोरबाट खेती जोगाउन पालैपालो पहरेदारी गर्दै आएका छन् ।
Facebook Comment