मोडलको घरबाट ५० मिनेटभित्रमै ७ अर्ब ५८ करोड चोरी

डिसी नेपाल
३० मंसिर २०७६ १५:४१

काठमाडौं। एक मोडल तथा टिभी पर्सनालिटीको घरबाट चोरहरुले ५० मिनेटमै ५० मिलियन पाउण्ड (७ अर्ब ५८ करोड नेपाली रुपैयाँ) बराबरको गहना चोरी गरेका छन् । यो घटना लण्डनको हो । डेलिमेलको एक रिपोर्टअनुसार चोरहरुले तमारा एक्लेटनको घरबाट केवल ५० मिनेटमै उनका बहुमूल्य गहनाहरु गायब पारिदिएका हुन् ।

तमारा आफ्ना पति जोय रुटल्याण्डसँग बस्छिन् । तमारा एउटा भव्य बंगलामा बस्छिन् जसको मूल्य ७० मिलियन पाउण्ड (१० अर्ब ६२ करोड नेपाली रुपैयाँ) अनुमान गरिएको छ । यही घरमा चोरी भएको हो । शुक्रबार राती चोरीको घटना भएको समाचारमा उल्लेख छ । चोरहरुले १ घण्टाभन्दा पनि कम समयमा घरमा रहेका सबै गहना गायब गरिदिएका थिए ।

चोरी हुनुभन्दा केही समय अघि तमारा क्रिसमस होलीडेको लागि देशबाहिर गएकी थिइन् । लण्डनको जुन क्षेत्रमा तमाराको घर छ त्यसलाई निकै प्रतिष्ठित क्षेत्र मानिन्छ । यो क्षेत्रमा २४ घण्टा पुलिस तैनाथ हुन्छ र चेकप्वाइन्ट पनि छन् । तर चोरहरुले तमाम सुरक्षा व्यवस्थालाई छल्दै चोरी गरेका हुन् । तमाराको ५७ कोठा रहेको बंगलामा २४ सै घण्डा सुरक्षा गार्ड पनि तैनाथ रहन्छन् । तीन जना चोरहरुले बगैंचातिरबाट घरमा छिरेर चोरी गरेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *