नेकपामा अमेरिकाले एमीसीमार्फत दिने ५५ अर्ब रुपैयाँ अस्वीकार गर्न माग

काठमाडौं। सत्तारुढ दल नेकपामा अमेरिकाले नेपाललाई दिने सहमति भइसकेको करिब ५५ अर्बको अनुदार अस्वीकार गर्न आवाज उठेको छ। नेकपाको जारी स्थायी कमिटी बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरु सदनबाट पारित नगर्न पनि नेताहरुले माग गरेका हुन्।
स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, भीम रावल र देव गुरुङले एमसीसी अन्तर्गतका कार्यक्रमहरु संसदबाट पारित हुन नदिन माग गरेका हुन्।
एमसीसी परियोजनाभित्र धेरै रहस्यहरु लुकेको नेता गुरुङले बताए। अमेरिकाले घोषणा गरेको ईण्डो—प्यासिफिक रणनीतिमा एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउने प्रस्ताव रहेको उनले बताए। एमसीसीमा सहभागि हुँदा नेपाल ईण्डो—प्यासिफिक रणनीतिमा बाध्यात्मक रुपमा सहभागि हुनुपर्ने अवस्था आउने भएकाले यसलाई पनि पुर्नविचार गर्नुपर्ने उनको धारणा थियो।
एमसीसी सम्झौता नेपालको प्रचलित कानुनहरुसँग बाँझियो भने पनि लागु हुने भनेर उल्लेख गरिएकाले यो आपत्तिजनक विषय भएको उनको भनाई छ।
नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको सम्झौता भएको थियो। झण्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन्।
Facebook Comment