साेमबार नेप्से परिसूचक ओरालो
काठमाडौं । धितोपत्र बजारमा आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.७५ विन्दुले घटेर एक हजार १५४.११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१५ विन्दुले घटेर २५३.५२ मा पुगेको छ ।
कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १२ वटै उपसमूहकोे शेयर मूल्य आरोलो लागेको छ । जसमा बैंकिङ ७.२३, व्यापार ३.७, होटल ६.१२, विकास बैंक १०.१२, जलविद्युत् १४. ५२, वित्त ३.६६, निर्जीवन बीमा १७२.०९, उत्पादन १६.९१, अन्य १४.३२, लघुवित्त १४.०४, जीवन बीमा १३६.५३ र सामूहिक लगानी ०.०र्२ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार भएको कारोवारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको चार करोड ५६ लाख ६० हजार ८२० बराबरको शेयर कारोवार भएको बजारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको दुई करोड ३४ लाख ९५ हजार ४३२, एनआइसि एशिया बैंकको एक करोड ९५ लाख सात हजार ९०३, नेपाल बैंकको १करोड ४९ लाख ७५ हजार ८६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोवारमा दिव्यश्वरी हाइड्रो ५.४५, युनियन हाइड्रोपावर पाँच, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ४.०४, सामुदायिक लघुवित्त विकास बैंक २.८१ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.४५ प्रतिशतले कमाए भने हिमालयन पावर पार्टनर लिमिटेड ९.४९, माहुली लघुवित्त वित्तीय संस्था ६.२५, राष्ट्रिय बीमा कम्पनी ६.१८ र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडका शेयरधनीले ५.९३ प्रतिशतले गुमाए ।
Facebook Comment