मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल
पोखरा । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा बैंकर भरत ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।
बैंकको सोमबार पोखरामा भएको १३ वार्षिक साधारण सभाबाट उनी ४ वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ढकाल मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष समेत हुन् ।
बैंकका अन्य सञ्चालकहरुमा गजेन्द्र मान श्रेष्ठ, रवीन्द्र मान श्रेष्ठ, निर्मला कुमारी केसी (कार्की) र शालिग्राम मिश्र चयन भएको बैंकका प्रमुख सूचना अधिकृत तिल बहादुर गुरुङले जानकारी दिए।
साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ।
आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६० बोनस सेयर सहित १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
Facebook Comment