बलात्कार गर्न नसकेपछि जलाइएकी पीडितले प्राण त्यागिन् (पीडितको पूरा बयानसहित)
काठमाडौं । जिउँदै जलाइएकी युवती न्यायको आशाा साथमै लिएर अन्ततः जीवनको लडाइँ हारिन् । सोमबार राती उनले अस्पतालमा अन्तिम सास लिएको भारतीइ मिडिया दैनिक भास्करको समाचारमा जनाइएको छ । बिहारको मुजफुफरपुरको अहियापुरमा ७ डिसेम्बरका दिन बलात्कारको कोसिस विफल भएपछि २ जनाले युवतीलाई जिउँदै जलाएका थिए । १० डिसेम्बरमा उनलाई राम्रो उपचारको लागि पटना रिफर गरिएको थियो । पीडित युवतीलाई आफू नबाँच्ने आभास भइसकेको थियो । ११ डिसेम्बरका दिन उनले मजिस्ट्रेडका अगाडि आफ्नो बयान दिएकी थिइन् । त्यही बेला उनले आफू नबाँच्ने बताएकी थिइन् । पीडितले दिएको बयान यस्तो थियो –
म अब बाँच्दिन । यदि बाँचिहालें भने पनि उसले (आरोपी) छोड्दैन । उसले मलाई मारिदिन्छ । मलाई जलाउने २ जना थिए । एउटाको नाम राजा हो । ऊ राजकिशोर रायको छोरा हो । अर्को केटालाई म चिन्दिन । घटना शनिबार (७ डिसेम्बर) राती ७ बजेको हो ।
मेरो घरमा दिदीको छोरी आएकी थिइन् । उनले उनलाई घरमै बस्न भनेकी थिएँ । त्यही बेला छतका कोही हिँडेको आवाज आयो । छतमा ढोका छैन । म छतमा गएर हेर्दा त्यहाँ कोही थिएन ।
मेरो घरमा दिदीको छोरी आएकी थिइन् । उनले उनलाई घरमै बस्न भनेकी थिएँ । त्यही बेला छतका कोही हिँडेको आवाज आयो । छतमा ढोका छैन । म छतमा गएर हेर्दा त्यहाँ कोही थिएन । छतमा हामीले मांसाहारी खाना बनाउँथ्यौं । त्यहाँ एउटा स्टोभ र मट्टितेल राखिएको हुन्थ्यो । म फर्किन लागेकी थिएँ त्यही बेला एक जनाले ममाथि मट्टितेल खन्यायो र अर्कोले सलाइ कोरेर आगो लगाइदियो ।
मैले नाइलनको कपडा लगाएकी थिएँ जसका कारण आगो निकै छिटो फैलियो र म ज्वालाले घेरिएँ । छतमा बनेको पानी टंगीको तल पानी जम्मा भइरहेको हुन्छ । म बच्नको लागि त्यही पानीमा लडिबुडी गर्न थालें । म पानीले भिजें तर आगो निभेन । मेरो पूरा शरीर जल्यो ।
जलाएपछि आरोपीहरुले मलाई मोटरसाइकलमा राखेर मुजफ्फरपुरको इन्द्रा हस्पिटल लिएर गए । त्यहाँ मलाई भर्ना गरिएन । त्यसपछि अरु २–३ ठाउँमा लिएर गए तर कुनै अस्पतालले भर्ना गरेन । त्यसपछि एउटा अस्पतालमा लगेर मलाई फालिदिए ।
एक आरोपी राजा १२ कक्षा पढ्दादेखि नै मेरो पछि लाग्न थालेको थियो । ऊ मसँग बिहे गर्न चाहन्थ्यो तर मलाई यो मन्जुर थिएन । ऊले मलाई धम्की दिइरहन्थ्यो । बाटोमा हिँड्दा रोक्थ्यो र फोहोरी गाली गर्थ्यो । उसले भनेको थियो कि यदि आमालाई बताएँ भने थुतेर पिट्छु ।
मैले मसँग भएको घटनाको बारेमा आमालाई बताएपछि उनले मेरी आमाको ब्याग खोस्यो । मेरी आमा राजाको बारेमा बताउन उसका पिता राजकिशोर रायकहाँ जानुभएको थियो । राजकिशोरले मैले केही गर्न सक्दिन प्रशासनमा जाने भए जाउ भनेका थिए । म सुरक्षा माग्न आमाको साथमा अहियापुर थानामा गएकी थिएँ । थानेदारले राजाविरुद्ध केही गर्नुको सट्टा मेरो उजुरी लिएनन् र यस्ता मान्छेसँग नअल्झिनु भने ।
राजा मेरो पिछा गर्थ्यो । मैले कुरा गरिन भने उसले फोहोरी गाली गर्थ्यो । मलाई थाहा थियो कि मैले कुरा गरिन भने उसले मेरो परिवारलाई पनि मारिदिनेछ । त्यति हुँदा पनि म कुरा गर्दिनथें । यो कुरा छिमेकमा रहने एनसीसीका सीओलाई पनि थाहा थियो । सोओ रले सोध्नुभएको थियो कि कुन लफंगाले सताइरहन्छ ?
Facebook Comment