विद्या भट्टराईले लिइन् सांसदको शपथ

डिसी नेपाल
१ पुष २०७६ १४:४०

काठमाडौं । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको सपथ लिएकी छन्।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की–२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भट्टराईले कानुन निर्माण र आफ्नो निर्वाचन क्षेत्र विकासमा लाग्ने प्रतिबद्धता जनाएकी थिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *