दक्षिण कोरियामा पूर्वसभामुख क्युनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

डिसी नेपाल
१ पुष २०७६ १७:२४

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन् ।

उनको पाँच बर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि उनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको जनाइएको छ । मुख्य प्रशासनीक नेतृत्वदायी जिम्मेबारीलाई प्रधानमन्त्रीको रुपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन् ।

सफल व्यवसायी र बाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेबारी सफलतापूर्वक पुरा गरिसकेकाले उनले यो जिम्मेबारी पनि कुसलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको हो ।

उनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तीका लागि प्रस्ताव गरेको बताइएको छ ।

उनलाई अव संसदीय सुनावाई पछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने छ । प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उनि नै पहिलो व्यक्ति बन्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *