नेविसंघमा ३२ वर्षे उमेर हदको माग गर्दै कांग्रेस कार्यालयमा रिले अनसन सुरु

डिसी नेपाल
२ पुष २०७६ १३:०२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद लागु गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् ।

नेपाल विद्यार्थी संघको विधानको सातौ संसोधन गरि उमेरहद ३२ वर्ष कायम गरेको थियो । सोहि विधान अनुसार ४० जिल्लामा जिल्ला अधिवेशन समेत भइसकेका छन् । त्यसैगरि १६ जिल्लाको अधिवेशन प्रक्रिया सुरु भएर विवादपछि रोकिएको थियो ।

तर पछिल्लो समय कांग्रेसका नेताहरुका बीचमा नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्नेबारे छलफल भइरहेको छ । नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद कार्यान्वयन नगर्ने कांग्रेस नेताहरुले तयारी गरेपछि विद्यार्थीहरुले रिले अनसन सुरु गरेका हुन् ।

बुधवारदेखि सुरु गरेको रिले अनसनमा पाँच जना विद्यार्थी नेतृ अनसन बसेका छन् । रुपा शर्मा,पद्मा भुषाल, रोस्मिता कार्की, ललिता श्रेष्ठ र विन्दा बोगटी रिले अनसनमा बसेको नेविसंघका निबर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले जनाकारी दिए ।

त्रिपाठीले उमेरहद कार्यान्वयन नगरि नयाँ कार्यसमिति गठन गरे अमरण अनसन बस्ने घोषणा गरेका छन् । त्रिपाठी नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले निकट मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *