आज कतारी रियालसहित केही देशको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
३ पुष २०७६ ६:२४

काठमाडौं । आज (बिहीबार) कतारी रियालसहित केही देशको विनिमयदर सामान्य बढेको छ । धेरै देशको विनिमयदर भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४९ रुपैयाँ १७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैया ३८ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ९८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *