उपेन्द्रले भेट नदिएको रिसमा ओलीसँग गठबन्धन

डिसी नेपाल
३ पुष २०७६ १०:२०

काठमाडौं । सन् २०१५ को भारतीय नाकाबन्दी र त्यसअघिको गणतान्त्रिक नेपालको संविधान घोषणादेखि राजनीतिकरुपमा दुश्मनीपूर्ण सम्बन्ध रहंदै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र विपक्षी मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टीबीच अचानक चुनावी गठबन्धन बनेको घोषणा प्रधानमन्त्री निवास बालुवाटारबाट भयो ।

झट्ट सुन्दा अपत्यारोलोझैं लाग्ने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी नेकपा र राजपाको गठबन्धन बन्नुको पृष्ठभूमिमा दुई मधेशकेन्द्रीत दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालका बीचको तित्ततापूर्ण सम्बन्धको प्रतिफल थियो । यी दलका बीचको खराव सम्बन्धका कारण दुबैसंग यो चुनावमा गठबन्धन गर्न अहोरात्र प्रयासरत रहेको विपक्षी दल नेपाली कांग्रेसलाई भने ठूलो धक्का लागेको छ ।

समाचारअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेता महन्थ ठाकुरलाई बोलाएर चुनावी गठबन्धनसम्बन्धी गर्ने सम्बन्धी प्रस्ताव केही हप्ताअघि नै राखेका थिए। त्यसअघि राजपा नेताहरु ठाकुर र राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग चुनावी गठबन्धन गर्नेबारे छलफल गरिसकेका थिए।

विपरीत ध्रुवतिर गएको दल राजपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याई चुनावी गठबन्धनसमेत गर्न सकेकाले तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो राजनीतिक सफलता हात लागेको छ। 

यो छलफलमा सत्तरुढ समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँगसमेत छलफल गरेर पद बाँडफाँडको टुंगो लगाउने सहमति पनि भएको थियो। जसअनुसार, राजपाले २ सिट, नेपाली कांग्रेस र समाजवादी पार्टीले १—१ सिट बाँडेर लिने तय पनि भएको थियो। समाजवादीसँग गठबन्धनका लागि राजपाका नेता महतोले प्रयास गरेका थिए।

उनले उपप्रधानमन्त्री उपेन्द्र यादवसँग भेट गरेर गठबन्धनसम्बन्धी वार्ता गर्न चाहेकाले भेटको समय माग्दै पटक पटक सम्पर्क पनि गरेका थिए । तर, उपप्रम यादवले राजपा नेता महतोलाई समय दिन चाहेनन्।  यसलाई पुष्टि गर्दै राजपाका बरिष्ठ उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्ल भन्छन्,‘ समाजवादी पार्टीको नेतृत्वले कुरा गर्न टार्दै गएपछि नेकपासँग गठबन्धन गर्नुपर्ने अवस्था आएको हो तर हाम्रो प्राथमिकतामा समाजवादी पार्टी नै थियो ।’

उनका अनुसार, कांग्रेस—राजाप—समाजवादी पार्टीबीच गठबन्धन गर्दा दुई नम्बर प्रदेशका चारै सिटमा नेकपालाई हराउन सकिने अवस्था थियो। शुक्लाले दावीअनुसार, नेकपासँगको गठजोडले राष्ट्रिय राजनीतिमा दीर्घकालीन असर गर्ने छ।

विपरीत ध्रुवतिर गएको दल राजपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याई चुनावी गठबन्धनसमेत गर्न सकेकाले तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो राजनीतिक सफलता हात लागेको छ।

विभाजित अवस्थाका दलहरुमध्ये विद्रोही मधेशी दलहरुलाई एक ठाउँमा ल्याएर उनी राष्ट्रिय एकता कायम गर्न सफल नेता बनेका छन्। तर, यो गठबन्धनका कारण दुई नम्बर प्रदेशको आन्तरिक राजनीतिमा पर्ने असर र राजपाले समाजवादीका नेता हालका मुख्यमन्त्रीलाई हटाई आफ्नो दललाई मुख्यमन्त्री दिन गरेको बार्गेनिङ्गले ल्याउने छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा र राजपाबीच भएकाे तालमेललाई अन्यथा भन्न नमिल्ने बताउँछन्। ‘नेकपा र राजपाबीच तालमेल भइसक्याे। कांग्रेससँग किन तालमेल भएन भन्ने विषय नै अब सान्दर्भिक हुँदैन’, शर्माले डिसी नेपालसँग भने।

समाजवादी पार्टीले भने आफूहरुसँग छलफल नै नगरी राजपाले नेकपासँग तालमेल गरेको आरोप लगाएको छ। समाजवादी पार्टीले दुई नम्बर प्रदेशमा समाजवादी पार्टी र राजपाबीच अहिले पनि सहकार्य रहेको भन्दै राजपाले समाजवादीलाई छोडेर नेकपासँग सहकार्य गर्दा मधेसका जनतामा नकारात्मक सन्देश गएको टिप्पणी गरेको छ।

‘यस अघिको राष्ट्रियसभा निर्वाचनमा पनि समाजवादी र राजपाबीच तालमेल भएको थियो,’ समाजवादी पार्टीका महासचिव रामसहाय यादवले डिसी नेपालसँग भने, ‘अहिले पनि दुई दलबीच तालमेल गरेर जानु पर्नेमा राजपाले नेकपासँग तालमेल गर्यो, यसले सकारात्मक सन्देश जाँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *