केन्द्रीय समितिको बैठकअघि सहमति जुटाउने प्रयास, चाक्सीबारीमा छलफल जारी

डिसी नेपाल
३ पुष २०७६ १८:४३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरु अन्तिम प्रयासमा जुटेका छन्। शुक्रबारको केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास स्वरुप पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा यतिबेला छलफल चलिरहेको एक काँग्रेस नेताले जानकारी दिए।

ती नेताका अनुसार बैठकमा उप सभापति बिमेलेन्द्र निधि पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बढु र हृदयराम थानी छन्। आजको बेठकले ठोस सहति जुटाउने नेताहरुले बताएका छन्।

काँग्रेसमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच पार्टीको आगामी महाधिवेशनको मिति, विभाग गठन, भातृ संगठनको गठन र म्याद थप्ने विषयमा विवाद छ। यो विवादका कारण पौडेल समूहले तीन दिन लगातार पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गरेको थियो।

पौडेल पक्षले बैठक बहिस्कार जारी राखेपछि सभापति देउवाले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका थिए। शुक्रबारको बैठक बस्नुअघि नै सहमति जुटाउन नेताहरु सक्रिय भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *