कुकले लिए अन्तर्राष्ट्रिय खेलबाट विदा
एजेन्सी । इंगल्याण्डका सबैभन्दा सफल क्रिकेटर एलिस्टर कुकले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । इंगल्याण्ड भ्रमणमा रहेको भारतसँग टेन्टब्रिजमा हुने टेस्ट क्रिकेटपछि उनलाई सेतो पोसाकमा क्रिकेट खेलेको देख्न पाइने छैन।
इंगल्यान्डले ५ टेस्टको श्रृंखला एक म्याच बाँकी रहँदै जितिसकेको छ। यही मौकामा कुकले सन्यासको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
३३ वर्षीय कुकले इंगल्याण्डका तर्फबाट खेल्दै १६० टेस्टमा ३२ सतकका मद्दतले १२२५४ रन बनाएका छन् । उनले ५९ टेस्टमा इंगल्याण्डको कप्तानीसमेत गरेका थिए ।
उनी इंगल्याण्डका तर्फबाट सबैभन्दा धेरै टेस्ट रन बनाउने खेलाडी हुन् भने विश्वका छैटो। यस्तै उनी इंगल्याण्डका लागि सबैभन्दा धेरै टेस्ट खेल्ने खेलाडीमात्र होइनन् सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी पनि हुन् ।
यस्तै इंगल्याण्डका लागि टेस्टमा सबैभन्दा धेरै सतक बनाउने खेलाडी पनि उनी नै हुन् ।
Facebook Comment