८ वर्षका बालक बने सबैभन्दा धेरै कमाउने युट्युबर, एक वर्षमा कति कमाउँछन् ?
काठमाडौं। ८ वर्षका बालक रेयान काजी यस वर्ष युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने युट्युबर बनेका छन् । उनले २०१९ सालमा आफ्नो युट्युब च्यानलबाट २६ मिलियन डलर (२ अर्ब ९५ करोड नेपाली रुपैयाँ) कमाइ गरेका छन् । फोर्ब्स म्यागजिनले बुधबार जारी गरेको सूचीमा रेयानलाई युट्युब प्लेटफार्ममा सबैभन्दा धेरै कमाउने व्यक्तिको रुपमा सूचीकृत गरिएको छ ।
काजीको वास्तविक नाम रेयान गौन हो । रिपोर्टका अनुसार २०१८ मा पनि उनी भिडियो प्लेटफर्मबाट कमाउनेहरुको सूचीमा शीर्षमा थिए । उनले गत वर्ष २२ मिलियन डलर कमाएका थिए । उनको च्यानल रेयान्स वर्ल्ड २०१५ मा सुरु भएको थियो । त्यतिबेला उनको उमेर मात्रै ३ वर्ष थियो । केवल ५ वर्षमा उनका २२.९ मिलियन सब्सक्राइकर भएका थिए । रेयानले खेलौना अन्बक्सिङ र तिनीहरुसँग खेलेको सानो भिडियो बनाउँछन् । यसलाई उनका मातापिताले युट्युबमा अपलोड गर्छन् । यो च्यानललाई सुरुमा रेयान टोएज रिभ्यू भनिन्थ्यो ।
Facebook Comment