अस्ट्रेलियामा पानी चोरी भएपछि…

डिसी नेपाल
४ पुष २०७६ १०:३८

सिड्नी। अस्ट्रेलियामा गर्मीका कारण सुख्खा बढिरहेको बेला जंगलमा समेत आगो लागेपछि स्थिति निकै बिग्रिएको छ । जलाशय सुकेपछि यहाँ पानीको हाहाकार भएको छ । यही बीचमा न्यू साउथ वेल्सको सुख्खा प्रभावित क्षेत्रबाट चोरहरुले ३ लाख लिटर पानी चोरी गरेका छन् । पुलिसले चोरहरुको खोजी सुरु गरेको छ । जानकारी अनुसार सिड्नीबाट ३ घण्टाको दूरीमा रहेको इभान्स प्लेनको एक निजी घरमा राखिएको पानी चोरी भएको हो ।

पुलिसले घटनास्थल आसपासका मानिसहरुसँग सोधपुछ सुरु गरेको छ । जाँचकर्ताहरुले स्थानीयबाट उनीहरुले कसैलाई ट्यांकर लिएर जाँदै गरेको देखेका थिए कि थिएनन् भन्ने जान्ने प्रयास गरिरहेका छन् । न्यू साउथ वेल्समा अहिले भयानक खडेरी परेको छ । इभान्स प्लेनको बाँधमा पानीको स्तर ३७ प्रतिशतमा झरेको छ । यो बाँध बनेपछिको सबैभन्दा कम पानीको स्तर हो । गर्मीका कारण हरेक हप्ता पानीको १.१ प्रतिशत बाष्पीकरण भइरहेको छ । तत्काल वर्षाको सम्भावना पनि देखिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *