पीपीएलः पोखराविरुद्ध बुटवल ८ विकेटले विजयी

डिसी नेपाल
४ पुष २०७६ १२:१६

पोखरा । शुक्रबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पहिलो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ । १ सय २२ रनको लक्ष लिएर मैदानमा उत्रेको बुटवलले १४ ओभर खेलेर २ विकेटको क्षेतिमा लक्ष्य भेट्टाएको हो ।

बुटवलका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका अफताव उद्धिन अहमदले उत्कृष्ट पारी खेले । उनले ४६ बलमा १२ चौका र २ छक्का हान्दै ७५ रन बनाए । त्यस्तै दोस्रा ओपनर शंकर रानाले २३ बलमा १९ रन बनाए । भने तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भिम सार्कीले १० बलमा ३ चौकाको मद्दतले १६ रन बनाए ।

चौंथो नम्बरमा ब्याटिङ गर्न आएका हर्श टोङले ५ बलमा ६ रन बनाए । पोखराका लागि प्रथमेश डाकेले ४ ओभरमा १९ रन दिँदै १ विकेट लिए । त्यस्तै रशिद खानले ४ ओभरमा ४१ रन दिँदै १ विकेट लिएका थिए ।

पोखराका लागि भने सुरुवात एकदमै खराब रह्यो । ओपनरका रुपमा आएका कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै ललित सिंह भण्डारीको बलमा एलबी डब्लु धरापमा शुन्य रनमै आउट हुन पुगे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान शरद भेषवाकरे १४ बलमा ७ रन बनाउँदै हर्स टोङको बलमा विपिन खत्रीको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै चौंथो नम्बरमा ब्याटिङ गर्न आएका विनोद भण्डारी ५ बलमा ३ रन बनाउँदै हर्ष टोङकै बलमा अफताव अहमदको हातबाट क्याच आउटको सिकार हुन पुगे ।

अर्का ओपनर इशान पाण्डे १९ बलमा १३ रन बनाउँदै सन्नी सिंङको बलमा कप्तान सिद्धान्त लोहनीको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै खेलको मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल पनि लामो समय टिक्न सकेनन् । उनी १८ बलमा १९ रन बनाउँदै नितेश थापाको बलमा बोल्ड भएका थिए ।

बुटवलका लागि हर्स टोङले ४ ओभर १० रन दिँदै २ विकेट लिएका थिए । त्यस्तै ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन दिँदै १ विकेट, सन्नी सिङ २ ओभरमा २४ रन दिँदै १ विकेट, नितेश थापाले १ ओभरमा ३ रन दिँदै १ विकेट लिएका थिए ।

यो जितसँगै अंक तालिकाको पुच्छारमा रहेको बुटवल दोस्रो नम्बरमा उक्लिएको छ । यसपछि लगत्तै अर्को खेल चितवन राईनोज र धनगढी ब्लुजबीच सुरु हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *