‘सिने स्टार अवार्ड’को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक [सूचिसहित]

डिसी नेपाल
४ पुष २०७६ १२:२७

काठमाडौं। क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाको आयोजना गरि आयोजकले अवार्डको मनोनयन प्रमाणपत्र वितरण गरेको हो।

अवार्डमा उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ’प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँ प्रतिस्पर्धामा रहँदा अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन्।

यस्तै उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशील पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’बाट दीपकराज गिरी मनोनयन छन्। त्यस्तै सह–अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय भोले’बाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन्। सह–अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ’बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन्।

गत वर्ष (२०७५) सालभरी प्रदर्शनमा आएका फिल्महरुमध्येबाट अवार्डको निर्णायक समितिले उत्कृष्ट तीन प्रतिस्पर्धी चयन गरेको हो। आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

प्रतिस्पर्धी विधाहरु (उत्कृष्ट तीन मनोनयन)
उत्कृष्ट फिल्म
प्रसाद
छक्का पञ्जा ३
बुलबुल

उत्कृष्ट निर्देशक
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेता
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह–अभिनेत्री
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नू ल ५

उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादन
बनिष शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफर
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पाश्र्व गायिका
प्रविशा अधिकारी – फूल होइन काँडा ( रोज)
विन्दु परियार – पहिलो नम्बरमा (छक्का पन्जा ३)
अन्जु पन्त – बनकी चरी (प्रसाद)

उत्कृष्ट पाश्र्व गायक
प्रताप दास – फुल होइन काँडा (रोज)
सुगम पोखरेल – जिन्दगी नै भन्दिन (ए मेरो हजुर ३)
रुपक डोटेल – बनकी चरी (प्रसाद)

उत्कृष्ट संगीतकार
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नू ल ५
दीपक शर्मा – छक्का पन्जा ३

–तस्वीरहरु : विवेक बस्याल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *