पीपीएलः चितवनद्वारा धनगढीलाई १ सय ८२ रनको लक्ष्य

डिसी नेपाल
४ पुष २०७६ १४:३४

पोखरा । शुक्रबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको चितवनले पुरा ओभर खेलेर ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको हो । ।

चितवनका लागि ओपनर रोहन मुस्तफाले १६ बलमा ९ रन बनाएर दिपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्लु भएका थिए । त्यस्तै अर्का ओपनर कप्तान पारस खड्का १५ बलमा २३ रन बनाउँदै अनिल खरेलको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका बाबर हायात २८ बलमा ३ चौका र २ छक्काको मद्दतले ३६ रन बनाउँदा अमित यादवको बलमा दिपेन्द्र सिंह ऐरीकै हातबाट क्याच आउट भए । खेलको चौंथो नम्बरमा ब्याटिङ गर्न आएका हरिशंकर साश ५ बलमा ८ रन बनाउँदै अनिल खरेलको बलमा अमित यादवको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर अनिल साह २० बलमा १९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीको बलमा अमित यादवको हातबाट विकेट गुमाउन पुगे ।

त्यस्तै आरिफले शेखले उत्कृष्ट ब्याटिङ गर्दै अविजित २० बलमा २ चौका र ४ छक्काको मद्दतले ४७ रन बनाए भने सन्नी पटेलले पनि अविजित १७ बलमा १ चौका ३ छक्काको मद्दतले ३२ रन जोडे ।

धनगढीका लागि अनिल खरेलले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ४ ओभरमा ४१ रन २ विकेट, अमित यादव ४ ओभरमा २७ रन १ विकेट लिएका छन् ।

बिहीबारको खेलमा बुटवल ब्लास्टर्सलाई हराएको चितवन ४ अंककासाथ अंक तालिकाको शीर्ष स्थानमा छ । भने धनगढी २ अंकका साथ अंक तालिकाको पुच्छारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *