बलात्कारका दोषी, निष्काशित भाजपा विधायकलाई जन्मकैद, न्यायाधीशका अगाडि हात जोडे
नयाँ दिल्ली। भारतको उत्तर प्रदेशको उन्नाव बलात्कार काण्डका दोषी भारतीय जनता पार्टीबाट निष्काशित विधायक कुलदिप सेंगरलाई आजीवन कारावासको सजाय सुनाइएको छ । दिल्लीको तीस हजारी कोर्टले सेंगरको सजायमाथि शुक्रबार दिउँसो फैसला गर्दै २५ लाख रुपैयाँ जरिवाना सकेत तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधशिले फैसला सुनाउँदा कुलदिप सेंगरले न्यायाधीशका अगाडि हात जोडेका थिए ।
सेंगरको दस्तावेजको आधारमा उनको कूल चल र अचल सम्पत्ति ४४ लाख रुपैयाँ आँकलन गरिएको छ । सुनुवाइका क्रममा सेंगरका वकिलले यसको मूल्य अहिले घटेको बताएका थिए । सेंगरलाई अपहरण र बलात्कारको दोषी ठहर गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment