आज शनिबार पनि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । शुक्रबार उकालो लागेको विनिमयदरमा यूके पाउण्ड बाहेक आजपनि सबै देशको भाउ बढेको हो ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ। शुक्रबार डलरको भाउ ११३ रुपैयाँ ३६ पैसा रहेको थियो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ७० पैसा रहेको छ ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैया २ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ६१ पैसा रहेको छ।
Facebook Comment