४८ वर्षको उमेरमा पनि आइपिएलमा बिके यी खेलाडी, कसले कति पैसामा किन्यो ?

डिसी नेपाल
५ पुष २०७६ ९:४८

काठमाडौँ । सामान्यतया शारीरिक फिटनेस आवश्यक पर्ने खेलका खेलाडीको खेल जीवन ३५ वर्षको आसपासमा सकिने मानिन्छ । केही खेलाडीहरु आफ्नो फिटनेसका आधारमा ४० वर्षको उमेरसम्म पनि खेल्छन् तर ४० को उमेर नाघेपछि भने अधिकांश खेलाडीले न्यास लिन्छन् । क्रिकेटमा पनि ४० वर्षको उमेर नाघिसम्दा पनि खेलिरहेका खेलाडी निकै कम छन् ।

तर, विश्वकै ठूलो टि–२० लिग मानिने इण्डियन प्रिमियर लिगमा भने एक खेलाडी ४८ वर्षको उमेरसम्म खेल्दैछन् । रोचक त के भने बिहीबार भएको अक्नमा यी ४८ वर्षका खेलाडी बिके । यी खेलाडीलाई कोलकाता नाइटराइडर्सले किनेको छ । अरु फ्रेन्चाइजले युवा खेलाडीलाई प्राथमिकता दिइरहँदा २ पटकको आइपिएल विजेता कोलकाताले यी ४८ वर्षे बलरलाई किनेर सबैलाई चकित पारिदिएको छ । महाराष्ट्रका ४८ बर्षीय खेलाडी प्रविण ताम्बेलाई कोलकोताले उनको न्यूनतम मूल्य २० लाखमा किनेको हो ।

अझै आश्चर्यजनक कुरा त के भने अहिले कोलकाताका मुख्य प्रशिक्षक ब्रेण्डन म्याकुलम आफैं ३८ वर्षका छन् । म्याकुलमले अन्तर्राष्ट्रियसहित सबै किसिमका क्रिकेटबाट सन्यास लिएर प्रशिक्षकको काम गरिरहेका छन् । तर, उनै म्याकुलमले आफूभन्दा १० वर्ष जेठा ताम्बेलाई खेल्नका लागि किनेर सबैलाई चकित पारिदिए ।

सन् १९७१ अक्टोबर ८ मा जन्मिएका दाहिने हातका लेग ब्रेक बलर ताम्बेले आफ्नो क्रिकेट क्करिअर नै ४१ बर्षको हुदा सुरु गरेका हुन् । उनले २०१३ मा आइपिएल डेब्यु गरेका थिए । त्यति बेला राहुल द्रविडले राजस्थान रोयल्सका लागि ४१ बर्षको उमेरमा ताम्बेलाई किनेका थिए । उनलाई आइपिएलपछि ४२ बर्षको उमेरमा मुम्बईको रणजी ट्रफी टिमका लागि चुनिएको थियो । उनी ४१ बर्षमा आइपिएलमा छनौट भएर बढी उमेरमा आइपिएल खेल्ने किर्तिमान बनाएका थिए तर पछि अस्ट्रेलियाका ब्राड हगले ४४ बर्षमा आइपिएल खेलेर सो रेकर्ड तोडेका थिए ।

ताम्बेले आइपिएलमा अहिलेसम्म ३३ खेल खेलेका छन् भने २८ विकेट लिएका छन् । २०१४ मा कोलकोताविरुद्ध खेल्दै ह्याट्रिक समेत लिएका ताम्बेलाई अहिले ४८ बर्षको उमेरमा कोलकोताले नै किनेको छ । उनले अहिलेसम्म राजस्थान रोयल्स, गुजरात लायन्स र सनराइजर्स हैदरावादबाट आइपिएलमा खेलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *