रोबर्ट लेवान्डोस्कीको शल्यक्रिया हुने, २ हप्ता मैदानबाहिरै

डिसी नेपाल
५ पुष २०७६ १२:०८

काठमाडौं। जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखका स्ट्राइकर रोर्बट लेवान्डोस्कीको शल्यक्रिया हुने भएको छ। शनिबार राति हुने यो वर्षको अन्तिम खेलपछि लेवान्डोस्कीको ग्रोइनको शल्यक्रिया हुने भएको हो । बार्यनले शनिबार राति वुल्फबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।

लेवान्डोस्की बुण्डेसलिगामा यो सिजनका सर्वाधिक गोलकर्ता हुन्, उनले अहिलेसम्म १६ खेलमा १९ गोल गरिसकेका छन् । शल्यक्रियापछि लेवान्डोस्की १० देखि १४ दिन मैदान बाहिर रहने छन् । हाल बार्यन बुण्डेसलिगामा तेस्रो स्थानमा छ र शनिबार रातिको खेलपछि चार हप्ताको विन्टर ब्रेक लिनेछ।

लेवान्डोस्की गएको बुधबार भएको खेलमा फ्रेइबर्गविरुद्धको खेलमा गोल गरेपछि बुण्डेसलिगाको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका छन् । उनले ३०६ खेलमा २२१ गोल गरेका छन् । यो सिजन बार्यनका लागि लेवान्डोस्कीले सबै प्रतिस्पर्धामा गरेर २४ खेलमा ३० गोल गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *