हनुमन्ते नदीबाट पाँच टन फोहर सङ्कलन
काठमाडौं। हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ताअन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्य्विनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ।
सफाइ अभियानअन्तर्गत यस क्षेत्रमा गरिएको हनुमन्ते नदी सफाइमा शनिबार पाँच टन फोहर सङ्कलन भएको छ। मध्यपुरथिमि र सूर्य्विनायकको सिमाना भएर बग्ने हनुमन्ते नदीको यो क्षेत्रमा यसअघि सफाइ गरिए पनि स्थानीयवासीले फेरि फोहर फ्याल्दा उक्त फोहर सङ्कलन भएको हो।
अभियानमा वीरदल गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधिलगायतको सहभागिता थियो। रासस
प्रतिक्रिया
Facebook Comment