स्थायी कमिटीमा व्यक्त विचारहरुले पार्टी सुदृढीकरणमा सहयोग गर्ने : अध्यक्ष प्रचण्ड

डिसी नेपाल
५ पुष २०७६ १८:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)ले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न सहयोग गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा जारी स्थायी कमिटीको बैठकमा उठेका प्रश्नहरुको शनिवार जवाफ दिदै अध्यक्ष प्रचण्डले तीनै तहका सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउनका लागि पार्टीको स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले मद्दत पुगेको बताएका हुन ।

नेकपाको स्थायी कमिटीको चौथो बैठकको छैटौं दिन शनिवार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि महासचिव बिष्णु पौडेल लगाएतका नेताहरुले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

प्रवक्त श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै बैठकमा प्रस्तुत गरिएको प्रतिवेदन र विधान संशोधन प्रस्तावका बारेमा अर्को बैठकमा छलफल हुने बताएका छन् । स्थायी कमिटीको अर्को बैठक पुस ६ गते ११ बजे बस्ने बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *