बायर्नको कठिन जित

डिसी नेपाल
५ पुष २०७६ २२:३२

एजेन्सी । जर्मन बुन्डेस लिगामा साविक विजेता बार्यन म्युनिख उल्फ्सबर्ग विरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले उल्फ्सबर्गसँग दुई शुन्यको कठिन जित निकाल्यो ।

उसका जितमा जोसुवा र्जिक्जीले गरेको गोल निर्णायक बन्यो । पुरै खेलमा दबाव बनाएपनि बार्यनले गोलका लागि खेलको अन्तिम समयसम्म कुर्नुपर्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८५ औं मिनेटमा जोसुवाले गोल गर्न सफल भए ।

त्यसपछि ८९ औं मिनेटमा बार्यनले अन्तर दुई शुन्यमा पुर्यायो ।  नाब्रेले गोल गर्न सफल भए । त्यसपछि उल्फ्सबर्ग खेलमा फर्कन सकेन र बार्यनले दुई शुन्यको जित निकाल्यो । यो जितले बार्यले शिर्ष स्थानको लिपजिङसँगको दुरी एक अंकमा झारेको छ । बार्यनको १७ खेलमा २३ अंक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *