भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

डिसी नेपाल
६ पुष २०७६ ६:१२

नयाँ दिल्ली, भारत । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन्।

शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले एएफपीलाई बताए ।

शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *