अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा इथियोपियालाई २.९ अर्ब डलर सहयोग घोषणा

डिसी नेपाल
६ पुष २०७६ ६:१९

वासिङ्टन । अफ्रिकामा सबैभन्दा छिटो आर्थिक सुधार गर्नेमध्ये एक उत्तरपूर्वी अफ्रिकी मुलुक इथियोपियालाई अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २.९ अर्ब अमेरिकी डलर सहयोग रकम दिने निर्णय गरेको छ।

इथियोपियालाई आर्थिक सुधारका लागि सहयोगस्वरूप शुरूमा ३० करोड ८० लाख ४० हजार अमेरिकी डलर तत्काल उपलब्ध गराइने मुद्रा कोषद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

“कार्यक्रमले इथियोपियाका सरकारी अधिकारीद्वारा महत्वाकांक्षी सुधारका योजनालाई सहयोग गर्ने लक्ष्य लिएको छ,” कोषका प्रथम उप–प्रबन्ध निर्देशक ड्याभिड लिप्टनले बताए ।

उक्त सहयोग वैदेशिक मुद्राको अभावलाई सहज गर्न र राज्य सञ्चालित उद्योगहरू सञ्चालनका साथै वित्तीय स्थायित्व प्रत्याभूत गर्न प्रयोग हुने विज्ञप्तिमा छ।

लिप्टनले भने, “विगत एक दशकदेखि इथियोपियाको आर्थिक सुधार तीब्र भएको र यसबाट यहाँको गरिबी नियन्त्रण तथा जीवनशैली सुधारमा प्रशंसनीय रहेको र सार्वजनिक क्षेत्रमा भएका लगानी नै यसका आधार भएका छन्।”

इथियोपियाको सरकारले गत हप्ता मात्रै सरकारको महत्वाकांक्षी आर्थिक सुधार कार्यक्रमका लागि विदेशी सहयोगदाताहरूबाट नौ अर्ब अमेरिकी डलर सहयोगको प्रतिवद्धता आएको र यसले देशको अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुग्ने बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *