पीपीएल : विराटनगरले टस जितेर चितवनलाई ब्याटिङको निम्तो
पोखरा । आज पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको पहिलो खेलमा विराटनगर टाइटन्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको छ ।
चितवनका लागि सुरुवाती ११ मा कप्तान पारससँगै रोहन मुस्तफा, बाबर हायात, हरि शंकर साह, अनिलकुमार साह, आरिफ शेख, सन्नी पटेल सुमीत महर्जन, भुवन कार्की, करन केसी र विक्रम सोब रहेका छन् ।
त्यस्तै विराटनगरका लागि सुरुवाती ११ मा कप्तान प्रदीप सिह ऐरी, सुनिल धमला, मोहम्मद जाहिद, राजु रिजाल, राजेश पुलामी मगर, लोकेश बम, नोमन खान, किशोर महतो, पुनीत मेहरा, जितेन्द्र मुखिया र शाहब आलम रहेका छन् ।
तीन खेल खेलेर सबैमा जित हाँसिल गरेको चितवन ६ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । भने तीन खेल नै खेलेको विराटनगर एक खेलमा विजयी र दुई खेलम पराजित हुँदै दुई अंकका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ ।
Facebook Comment