पीपीएल : विराटनगरलाई चितवनको १ सय ४७ रनको लक्ष्य
पोखरा । चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ । आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भइरहेको खेलमा चितवनले पुरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि ओपनर रोहन मुस्तफाले १० बलमा ७ रन बनाउँदै जितेन्द्र मुखियाको बलमा विकेट किपर राजु रिजालको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै इनिङलाई माथि उकास्ने क्रममा चितवनका कप्तान पारस खड्का ३८ बलमा ३५ रन बनाउँदै मोहम्मद जाहिद खानको बलमा नोमन खानको हातबाट क्याच आउट भए ।
चौंथो नम्बरमा ब्याटिङ गर्न आएका अनिलकुमार साह लामो समय टिक्न सकेनन् । ३ रन बनाएर पुनीत मेहराको हातबाट बोल्ड हुन पुगे । तेस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका बाबर हायातले ३१ बलमा २५ रन बनाउँदै किशोर महतोको बलमा विकेट किपर राजु रिजालको हातबाट क्याच आउट हुन पुगे ।
त्यसैगरी छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सन्नी पटेलले इनिङलाई उकास्न उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८ बलमा २७ रन बनाए । भने आरिफ शेखले पनि इनिङलाई उकास्न नटआउट हुँदै २२ बलमा ३९ रन बनाए । आरिफ र सन्नीले टिमका लागि ५४ रनको साझेदारी गरे ।
विराटनगरका लागि पुनीत मेहराले ४ ओभरमा १३ रन दिँदै १ विकेट दिए । त्यस्तै मोहम्मद जाहिद आलम ४ ओभरमा ३० रन दिँदै १ विकेट, किशोर महतो ४ ओभरमा ३४ रन दिँदै १ विकेट र जितेन्द्र मुखिया ४ ओभरमा ५४ रन दिँदै १ विकेट लिए ।
तीन खेल खेलेर सबैमा जित हाँसिल गरेको चितवन ६ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । भने तीन खेल नै खेलेको विराटनगर एक खेलमा विजयी र दुई खेलम पराजित हुँदै दुई अंकका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ ।
Facebook Comment