क्लव विश्वकपको उपाधि पहिलोपटक लिभरपुललाई
काठमाडौँ। इङलिश प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लेमेनगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै क्लबबाट गोल नभएपछि अतिरिक्त समयमा गएको खेलमा खेलको ९९औ मिनेटमा रोबेर्टो फिर्मिनोले निर्णायक गोल गरेका थिए ।
योसँगै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ । लिभरपुल क्लब विश्वकप जित्ने दोस्रो प्रिमियर लिग क्लब बनेको छ । यस अघि सन् २००८ मा म्यानचेस्टर युनाइटेडले जितेको थियो ।
क्लब विश्वकप अहिलेसम्म स्पेनिस क्लब रियल मड्रिडले सबै भन्दा धेरै चार पटक जितेको छ । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा जितेको थियो । त्यस्तै बार्सिलोनाले तीन पटक जितेको छ । बार्सिलोनाले २००९, २०११ र २०१५ मा जितेको थियो । त्यस्तै ब्राजिलियन क्लब कोरिनथियान्सले २००० र २०१२ मा जितेको थियो ।
Facebook Comment