नेपाल मगर संघ ओमनको नयाँ नेतृत्वमा यमु थापा निर्विरोध 

डिसी नेपाल
६ पुष २०७६ १०:५४

मस्कट । नेपाल मगर संघ ओमनको नयाँ नेतृत्वमा यमु थापा मगर निर्विरोध चयन भएका छन् । गएको शुक्रबार मस्कटको अजेबा होटेलमा सम्पन्न संघको चौथो अधिवेशनले थापाको अध्यक्षतामा  २३ सदस्यीय नयाँ कार्यसमिति  सर्वसम्मतिमा गठन गरेको हो।

अधिवेशनले निवर्तमान अध्यक्ष सूर्य थापा मगरलाई प्रमुख संरक्षकमा चयन गरेको छ ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रूपा पुन मगर, उपाध्यक्षमा गोम बहादुर सारु मगर, कुमारी राना मगर, महासचिवमा सुशील पुन मगर, सचिवमा उमेश पुलामी मगर, सहसिचवमा चित्र थापा मगर, कोषाध्यक्षमा दिल राना मगर र सहकोषाध्यक्षमा ज्ञानु दर्लामी मगर रहेका छन्।

त्यसैगरी निर्वाचित कार्यकारी सदस्यहरूमा मीन थापा मगर, दिल कुमारी सिँजाली मगर, गोपाल आले मगर, गोमा थापा मगर, देव बराल मगर, महादेव हितान मगर, केश बहादुर आले मगर, निरूता थापा मगर,तिलक सारु मगर, इन्द्र थापा मगर, लिलु थापा मगर, दीपक राना मगर र टंक बहादुर बुढाथोकी मगर छन् ।

अधिवेशनले ९ सदस्यीय सल्लाहकार समिती ६ सदस्यीय सांस्कृतिक विभाग, खेलकुद विभाग तथा महिला विभागसमेत गठन गेरको छ ।

अधिवेशन नेपाली राजदूतावास ओमनकी श्रम सहचारी  कृष्ण कुमारी गौलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै  विशेष अतिथि एनआरएनएका प्रवक्ता डिबी क्षेत्री रहेका थिए।

नयाँ कार्यसमितिलाई प्रमुख अतिथि,विशेष अतिथि र ओमनमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधिहरूले बधाई तथा शुभकामना दिएको थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *